काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समिति सदस्यमा १९ जनालाई मनोनीत गरेका छन् ।
सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका गगनले कांग्रेसको आधिकारिकता विवाद टुंगो लागेपछि नेताहरुलाई जिम्मेवारी दिएका हुन् । जसमा पूर्व सभापति शेरबहादुर देउवा तथा नेताहरु शेखर कोइराला र सशांक कोइराला पक्षका नेताहरुलाई केन्द्रीय सदस्य बनाएका हुन् ।
जसमा पूर्व सहमहामन्त्री महेन्द्र यादव, पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारी लगायत रहेका छन् ।
यी हुन् केन्द्रीय सदस्य मनोनीत भएका नेताहरु :
१. महेन्द्र यादव — धनुषा
२. जीवन परियार — कास्की
३. उमेश श्रेष्ठ — चितवन
४. रमेश रिजाल — पर्सा
५. सुजाता कोइराला — मोरङ
६. दिलेन्द्रप्रसाद बडू — दार्चुला
७. चन्द्रकान्त भण्डारी — गुल्मी
८. अजयकुमार चौरसिया — पर्सा
९. लक्ष्मी परियार — उदयपुर
१०. आङ्गेलु शेर्पा — सोलुखुम्बु
११. दिनेशकुमार यादव — सप्तरी
१२. राजीव कोइराला — सुनसरी
१३. राजीव ढुंगाना — सुनसरी
१४. डा. गोविन्दराज पोखरेल — प्यूठान
१५. सुशिला मिश्र भट्ट — कैलाली
१६. नागिना यादव — महोत्तरी
१७. दिनेश कोइराला — चितवन
१८. डा. जीवन राना — कैलाली
१९. सीता थपलिया (उर्मिला) — धादिङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया