काठमाडौं । विपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सरकारले नेपाली सेनाको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
आजबाट सुरु भएको संघीय संसदको अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसद राईले सरकारको काम कारबाहीप्रति आपत्ति जनाए ।
भारत र चीनले नेपाली भूमी लिपुलेकमा बाटो खोलेको विषयमा सरकारले कुनै कूटनीतिक पहल गर्न नसकेको भन्दै उनले आपत्ति जनाए । सेनाको सुरक्षार्थ खटिइनुपर्ने नेपाली सेना सुकुमबासी बस्तीमा सरकारले डोजर चलाउँदा त्यहाँ देखिएको भन्दै आपत्ति जनाए ।
‘नेपाली सेनालाई सीमा रक्षाका लागि त्यता (लिपुलेक) पठायो कि सुकुमबासी बस्तीमै दादागिरी देखाउँदै बस्यो ? सीमा बचाउँन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै देशका गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ हामीलाई,’ उनले भने ।
यसैगरी सांसद राईले सरकारको काम गराइले मुलुक अभिभावक विहीन बन्न पुगेको टिप्पणी गरे । सुकुमबासी बस्तीमा सरकारले अमानवीय तरिकाले डोजर चलाएको भन्दै त्यसमा आपत्ति जनाए ।
‘आज देश अभिभावक बन्न पुगेको छ । हजारौँ लाखौँ गरिब सुकुमबासीहरुलाई बेघर बनाएर रुवाउने आत्महत्या गर्न बाध्य बनाउने यो सरकार असफल भइसकेको हामीलाई महसुस भइसकेको छ,’ साम्पाङले कटाक्ष गर्दै भने ।
यसैगरी प्रधानमन्त्रीले संसद छलेर संसदलाई हेपेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया