काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा नियमावलीमा भएका कतिपय व्यवस्थाबारे प्रश्न उठाएको छ ।
आजबाट सुरु भएको संघीय संसदको अधिवेशनको पहिलो बैठकमा नै कांग्रेसले सरकारमाथि प्रश्न उठाएको हो ।
बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्चल राईले प्रतिनिधि सभा नियमावलीको कतिपय व्यवस्थालाई लिएर आपत्ति जनाए ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको सदस्यको रुपमा समेत काम गरेका सांसद राईले आफूले त्यहाँ समेत विरोध जनाएको तर सरकारले बहुमतका आधारमा पेलेर अघि बढेको बताए ।
‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा मैले कतिपय विषयमा फरक मत जाहेर गरेको थिएँ । तर बहुमतले त्यसलाई सुनेन, नियमावलीको नियम २४७ को उपनियम ३ मा भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन ? संसद संविधान र कानुन भन्दा माथि कसरी हुन सक्छ ?,’ उनले भने ।
त्यस्तै प्रतिनिधि सभा नियमावली विशेष कानुन सरह लागू हुन्छ भनिएको विषयमा समेत आपत्ति जनाए । उनले सांसद, संसदीय समिति र सदस्यहरुलाई बलशाली बनाइएको भन्दै आपत्ति जनाए ।
यसैगरी उनले सरकारले सुकुमबासीहरुको व्यवस्थापन बिना बस्तीमा डोजर लगाउँदा नागरिकहरु आत्महत्या गर्न बाध्य भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया