काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएपछि कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका हुन् ।
कांग्रेसले सुकुमबासी बस्ती खाली गराउने विषय, सुरक्षा प्रशासनको अवस्था लगायतका संवेदनशील विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा सहभागी नभएको भन्दै आपत्ति जनाएको छ ।
बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका थिए ।
कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीकै उपस्थितिका लागि बैठक बोलाइए पनि लगातार अनुपस्थित हुनु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया