काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तापक्षको कार्यशैलीप्रति कटाक्ष गरेका छन् । राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखिन थालेको भन्दै उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाप्रति संकेत गरेका हुन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको बताएका छन् ।
उनले सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था भएकाले प्रतिशोधपूर्ण र पूर्वाग्रही ढंगले त्यसलाई खण्डित गर्ने प्रयासले संस्थागत अस्थिरता निम्त्याउने उल्लेख गरेका छन् ।
‘सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था हो । राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढंगले त्यसलाई खण्डित गरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुन्छन्,’ उनले भनेका छन् ।
महासचिव पोखरेलले यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पुग्ने खतरा रहेको चेतावनीसमेत दिएका छन् । उनले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मानलाई लोकतन्त्रको मूल आधारका रूपमा व्याख्या गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया