बहुमतको सरकारले नागरिकलाई सबैभन्दा बढी पीडा दियो : प्रचण्ड

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गरिव नागरिकलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

संयोजक दाहालले श्रमजिवी वर्गमाथि सबैभन्दो ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरुले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताए । उनले कम्युनिष्टहरुबिचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताए ।

संयोजक दाहालले भने, ‘अहिले सरकारको तर्फबाट सबभन्दा गरिवहरुमाथि, निमुखाहरुमाथि नै सबभन्दा बढी आहात, पीडा दिने कोशिस भएको छ । सबभन्दा गरिव, जसको हामी वर्ग आधार भन्ने गर्दछौँ । त्यही वर्गंमाथि प्रहार भएको छ । हामीले यो बीचमा वैचारिक ढंगले र आफनो वर्ग आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ । हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टहरुलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादीहरु लागेका छन् । त्यसकारण हामीले वर्ग संघर्षलाई माथि उठाउन सबै कम्युनिष्टहरुबीच एकता गरेर अघि बढ्नुपर्नेछ ।’

अध्यक्ष दाहालले नेपाली जनताले नेपालमा कुम्युनिष्ट पार्टीहरुमाथि नै भरोसा गरिरहेको जिकिर पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?