कांग्रेस क्रियाशील सदस्यता डिजिटल अद्यावधिक, मोबाइल नम्बर सूचीकृत गर्न आह्वान

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई व्यवस्थित र प्रविधिमैत्री बनाउन आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै सबै सदस्यलाई डिजिटल प्रणालीमा आबद्ध हुन अनुरोध गरेका छन् ।

देशभरका ६ हजार ७ सय ४३ वटै वडामा क्रियाशील सदस्यता अद्यावधिकको काम भइरहेको उल्लेख गर्दै पार्टीले यसलाई थप प्रभावकारी बनाउन सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर दर्ता गराउन आग्रह गरेको हो ।

पार्टीका अनुसार सदस्यता अद्यावधिक गरिरहेका सदस्यहरूले आफ्नो मोबाइल नम्बरबाट केन्द्रीय कार्यालयको सम्पर्क नम्बर ९७०१२५५५५५ मा सम्पर्क गर्नुपर्नेछ । त्यसपछि उक्त नम्बर प्रणालीमा दर्ता हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?