गगनलाई कमल शाहको प्रश्न– देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

लोकपथ
105
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो भन्दै प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसको ‘जरा अभियान’ कार्यक्रममा बोल्दै उनले वर्तमान सभापति गगन कुमार थापालाई यस्तो प्रश्न गरेका हुन् । 

उनले  भने, ‘आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ? अब उहाँको स्थान कहाँ हुन्छ ?’

उनले धनगढीमा सभापति आउँदा कार्यक्रमभन्दा सरकार परिवर्तनको चर्चा बढी भएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाए ।

सभापतिले समानुपातिक सांसदलाई फिर्ता बोलाएर भए पनि सरकार परिवर्तनको विषय उठाएकोप्रति उनले आपत्ति व्यक्त गरे ।

शाहले कांग्रेस र पार्टी सभापतिलाई कमजोर बनाउने गतिविधिबाट सावधान रहन आग्रह गर्दै आफू मुख्यमन्त्री पद जोगाउन नभई पार्टी एकताका लागि कार्यक्रममा आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?