कुटनीतिक नियोगहरुमार्फत मुलुकको कुटनीति सफल बनाउन लागि परौँ : सभामुख अर्याल

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुनेगरी नेपालको कुटनीतिलाई अघि बढाउन संवद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका छन् ।

सभामुख अर्यालले कूटनीतिक नियोगहरुको सहभागितामा कुटनीतिक सफलताको नयाँ अध्याय शुरु गर्न आवश्यक रहेको पनि बताए । उनले नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड दिन आवश्यक रहेको पनि बताए । शिक्षाको माध्यमद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता र जनसहभागिताका कार्यक्रमहरुद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी रहेको उल्लेख गर्दै सभामुख अर्यालले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने पनि बताए ।

उनले भने, ‘हामीले नयाँ पुस्तालाई देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, प्राकृतिक स्रोत, सम्पदा र संस्कृतिप्रति जागरुक गरी शिक्षाको माध्यामद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता र जनसहभागिताका कार्यक्रमहरुद्वारा राष्ट्रिय महत्व बुझाउन जरुरी छ । जसले हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्नेछ । म यस अवसरमा यहाँ उपस्थित सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । तपाईंहरुको लगन, मेहनत र प्रतिवद्धताविना राष्ट्रिय नीतिका लक्ष्यहरु पूरा हुन सक्दैनन् । सबै मिलेर नेपालको कूटनीतिलाई विश्वव्यापी स्तरमा अझ प्रभावकारी रुपमा प्रवद्र्धन गरी राष्ट्रको गौरव र प्रतिष्ठालाई अझ वृद्धि गर्न कूटनीति नियोगहरुको सकारात्मक सहभागितामा सफलताको नयाँ अध्यायको शुरु गरौँ ।’

सभामुख अर्यालले नेपालले राष्ट्रिय नीतिका लक्ष्यहरु पूरा गर्नका लागि अझ धेरै मेहनत गर्नुपर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?