संवैधानिक व्याख्या र बहुमतबारे सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ : विश्वप्रकाश शर्मा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत संवैधानिक व्याख्या र बहुमतको विषयमा टिप्पणी गर्दै यस्तो धारणा राखेका हुन् ।

शर्माले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने विषयतर्फ संकेत गर्दै सर्वोच्चको व्याख्या अनिवार्य रूपमा कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘संविधानको धारा १२८(४) भन्छ– सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ,’ साथै ‘अर्थात बहुमत हुन बहुसंख्या हुनैपर्छ’ भनेर टिप्पणी गरेका छन् ।

उनले १४ जेठ ०८१ मा सर्वोच्च अदालतले ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत हुन ३१ सदस्य अनिवार्य हुने भनेर गरेको व्याख्याको पनि स्मरण गराएका छन् ।

शर्माले उत्तर कोरियाबाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यता स्पष्ट रहेको दाबी गर्दै संवैधानिक अभ्यासमा स्पष्ट बहुमतको सिद्धान्त नै लागू हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?