मोहना अन्सारी भन्छिन्– ‘आजबाट मैले राजनीतिक जीवन सुरु गरेँ’

लोकपथ
245
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी नेपाली कांग्रेसमा आबद्ध भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफू विधिवत् रूपमा राजनीतिक जीवनमा प्रवेश गरेको जानकारी दिएकी हुन् ।

अन्सारीले नेपाली कांग्रेसको ‘ल्याटरल इन्ट्री’ पहलमार्फत युवाको आकांक्षालाई सम्बोधन गर्ने, पार्टीभित्र रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने उद्देश्यसहित आफू पार्टीमा जोडिएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु । नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकाङ्क्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडि बढेको छ ।’

अन्सारीले लोकतन्त्र, गणतन्त्र र समाजवादको आधार निर्माणमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै अब आफू विधिवत् रूपमा नेपाली कांग्रेस मा आबद्ध भएको बताएकी छन् ।

उनले ‘जेनजी आन्दोलन’पछि बदलिएको कांग्रेस र ‘जरा अभियान’मार्फत सबैलाई जोड्ने सन्देशसहित पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?