काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।
सरकारको सिफारिसका आधारमा संविधानको धारा ९३ (१) बमोजिम राष्ट्रपति पौडेलले संसद अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन सिंहदरबारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया