काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्नेछ ।
सरकारले पठाएको ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै सरकारले संसद् बैठक आह्वानका लागि सिफारिस गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया