किन भेट्दै छन् गगनले पूर्णबहादुर खड्का र डा.शेखर कोइरालालाई ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका दुई शीर्ष नेतासँग आज छुट्टाछुट्टै भेटघाट गर्ने भएका छन् ।

थापाले बिहान १० बजे नेता डा.शेखर कोइरालासँग एक्लै भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि बेलुका ५ बजे निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग उपसभापति विश्वप्रकाश शर्मासहित भेटवार्ता गर्ने जनाइएको छ ।

पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति र आन्तरिक समन्वयका विषयमा यी भेटघाटहरू केन्द्रित हुने अनुमान गरिएको छ ।

यसअघि ६ वैशाखमा सभापति थापाले गल्फुटारस्थित खड्काको निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?