काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् ।
विश्वकर्माले सोमबार कांग्रेस सभापति गगनकुमार थापालाई राजीनामा बुझाएका हुन् ।
उनले आफ्नो पारिवारिक र स्वास्थ्यको कारणले राजीनामा दिनुपरेको उल्लेख गरेका छन् ।
‘मेरो पारिवारिक एवं शारीरिक समस्याका कारणले गर्दा हाललाई उक्त पदमा रही जिम्मेवारी पूरा गर्न असमर्थ रहेको कारणले नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा पेश गर्दछु । संघद्वारा अन्य गतिविधिमा सदैव सक्रिय रहनेछ,’ उनले राजीनामा पत्रमा भनेका छन् ।
नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले २०८० साल असोज १३ गते विश्वकर्मालाई दलित संघको अध्यक्ष नियुक्ति गरेका थिए ।
पछिल्लो समय कांग्रेसको भ्रातृ संगठनका अध्यक्षले राजीनामा दिइरहेका छन् । यसअघि नेपाल तरुण दलका अध्यक्षबाट विद्धान गुरुङले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया