कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो १ बजे बस्दैछ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।

बैठकमा असन्तुष्ट देखिएका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादबारे पनि छलफल हुने जनाइएको छ ।

यसअघि वैशाख १६ गते कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने विभिन्न सदस्यहरुलाई पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?