राष्ट्रपति पौडेलद्वारा सातौँ अध्यादेश जारी

लोकपथ
140
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन् ।

यसअघि शनिबार ३ वटासहित ६ वटा अध्यादेश जारी गरिसकेका पौडेलले आइतबार थप अर्को अध्यादेश जारी गरेका हुन् ।

आइतबार अपरान्ह राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अध्यादेश जारी गरेका हुन् ।

त्यस्तै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने राष्ट्रपति पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएका छन् ।

यसअघि राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्‍ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अध्यादेशहरु शनिबार जारी गरेका थिए ।

त्यसअघि वैशाख १८ गते राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए । वैशाख १७ गते सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ र सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ अध्यादेश जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?