काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ ।
काठमाडौंको वनस्थलीस्थित घण्टी घरमा केही बेर अगाडि सो बैठक सुरु भएको हो ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि, २०८३ सम्बन्धमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
नेताहरूले पार्टी संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयमा छलफल हुने जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया