भीम रावलको प्रश्न– ‘अध्यादेशबाट देश चलाउने भए किन निर्वाचन गरेर खर्च गर्ने ?’

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीमबहादुर रावलले हालै सरकारले ल्याएको अध्यादेशबारे आपत्ति जनाएका छन् ।

उनले संवैधानिक परिषद्सम्बन्धी व्यवस्था राख्न संविधान बनाउँदाका बखत गरिएको मेहनतबारे समेत स्मरण गरे ।सामाजिक सञ्जालमा लेख्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले संविधानको व्यवस्था विपरित अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाए । संसद नभएका बेला जरुरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याइने भए पनि अहिले संसद बैठक स्थगित गरेर अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाए । साथै तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेकै काम वर्तमान वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले गरेको भन्दै आपत्ति जनाए ।

साथै अध्यादेशबाटै सरकार चलाउने र कानुन बनाउने भए किन ठूलो धनराशी खर्च गरेर निर्वाचन गराउने ? भन्दै बालेन सरकारमाथि प्रश्न गरे ।

‘संसदको बैठक नभैरहेको बेला तत्काल देश र जनताको लागि नगरी नहुने स्थितिमा अध्यादेश ल्याउन सकिने व्यवस्था गरिएको थियो । यस उदेश्यको विपरित विगतमा केपी ओली प्रधानमन्त्री भएको बेला अध्यादेश मार्फत् संवैधानिक परिषद्सम्बन्धी व्यवस्था लगायत कतिपय कानुन संशोधन गर्न खोजिएको थियो । त्यसको पार्टीभित्र र सर्वत्र विरोध भयो । अहिले संसदमा झण्डै दुई तिहाइ बहुमत भएको सरकारले विगतको उक्त कार्यलाई नै पछ्याएको छ ।

काम छिटो गर्नको लागि अध्यादेश ल्याइयो भन्ने सरकारी तर्क उक्त मान्यता एवं बोलाइएको संसद बैठक हठात बन्द गर्ने कार्यसँग मेल खान्न । अध्यादेशबाटै कानुनी व्यवस्था गर्दै जाने हो भने ठूलो रकम खर्च गरी निर्वाचनबाट जनप्रतिनिधि चुन्नुको अर्थ रहन्छ र ?,’ उनले प्रश्न गर्दैै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?