काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले श्रमिक अधिकारको संरक्षण र कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस का अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रमिकहरूले ८ घण्टा कामको मागसहित शिकागो मा गरेको ऐतिहासिक संघर्षको स्मरण गरेका हुन् ।
उनले सन्देशमा नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग, विशेषगरी किसान, मजदुर र सुकुमबासीका हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा सधैं प्रतिबद्ध रहने बताएका छन् । साथै, श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रचण्डले ट्रेड युनियन अधिकार र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संरक्षणमा कुनै पनि कमी हुन नहुने बताएका छन् । यस्ता विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी बन्नुपर्ने उनको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया