देउवा समूहको निष्कर्ष : ‘विशेष महाधिवेशनकै कारण कांग्रेसको चुनावी प्रदर्शन कमजोर भयो’

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा पक्षीय नेताहरूले विशेष महाधिवेशन बोलाइएकै कारण पार्टीको चुनावी प्रदर्शन कमजोर बनेको निष्कर्ष निकालेका छन् ।

देउवा समूहको छलफलपछि नेता पूर्णबहादुर खड्काले प्रस्तुत गरेको निष्कर्षमा पार्टीको आधिकारिकता सम्बन्धी विषयमा सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने सहमति भए पनि नेता गगन थापाले अघि बढाएको महाधिवेशन प्रक्रियालाई भने मान्यता दिन नसकिने धारणा बैठकले लिएको बताइएको छ ।

बैठकमा अनुशासनको नाममा नेताहरूमाथि सोधिँदै आएका स्पष्टीकरण प्रक्रिया तत्काल रोक्न पनि माग गरिएको छ । सहभागी नेताहरूले पार्टीभित्र कारबाहीको नाममा पूर्वाग्रही र कठोर शैली अपनाइएको भन्दै आपत्ति जनाएका छन् ।

छलफलमा सहभागी नेताहरूका अनुसार यस्तो अभ्यासले पार्टीभित्र निरङ्कुश प्रवृत्ति देखिन सक्ने भन्दै यसलाई तत्काल रोक्नुपर्ने धारणा बैठकमा राखिएको थियो ।

बैठकमा आगामी निर्वाचनको अवस्थाबारे पनि विस्तृत समीक्षा गरिएको बताइएको छ । नेताहरूले विशेष महाधिवेशनको विवादले संगठनात्मक एकता कमजोर भएको र त्यसको असर निर्वाचन परिणाममा देखिएको निष्कर्ष निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?