काठमाडौं । संसद्लाई बेवास्ता गरेर सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेका भन्दै विपक्षी दलहरूले चर्को विरोध गरिरहेका बेला स्वतन्त्र सांसद महावीर पुन भने अध्यादेशको प्रतिरक्षामा उभिएका छन् ।
प्रतिनिधिसभाका एक मात्र स्वतन्त्र सांसद पुनले सरकारलाई काम गर्न दिन र किचकिच नगर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरेका छन् । सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षामन्त्रीको समेत जिम्मेवारी बहन गरेका म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ । कु विद्वानहरूले किचकिच नगरौँ । मैले धेरै वर्षअगाडिदेखि जनताहरूलाई फाइदा हुने कामहरू गर्न खोज्दा मन्त्रालयले ऐन कानुन छैन भनेर अलमल्याउँदा धेरै दुःख पाएको भुक्तभोगी म हुँ । जेनजी आन्दोलनपछि शिक्षामन्त्री हुँदा मैले गर्न खोजेको धेरै कामहरू ऐन–कानुन देखाएर नै कर्मचारीहरूले अगाडि बढाउन दिएनन् । साथै मैले ल्याउन खोजेको तीनवटा अध्यादेशहरू ल्याउन धेरै प्रयासका बाबजुद पनि सफल हुन दिएनन् । अनि चुनाव लडेर सांसद भएको हो नि । कुरा बुझ्नु भो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया