काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने अभ्यासलाई बहादुरी भन्न नसकिने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै सांसद कार्कीले झन्डै दुईतिहाइ बहुमत प्राप्त सरकारका लागि अधिवेशन रोक्दै अध्यादेश ल्याउनु बाध्यता हो कि अन्य कारण भन्ने विषय पछि खुल्ने भए पनि यसलाई बहादुरीका रूपमा प्रस्तुत गर्न नहुने बताएका हुन् ।
उनले अध्यादेश संविधानले दिएको अधिकार अन्तर्गत आउने विधि भए पनि यसपटकको सिफारिस संविधानको अक्षरअनुसार भए पनि मर्मअनुसार नभएको दाबी गरे ।
‘अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन, ‘उनले लेखेका छन् ।
सांसद कार्कीले संविधानलाई केवल अक्षरको दस्तावेज नभई यसको मर्मअनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । ‘संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो,उनले उल्लेख गरेका छन् ।
उनले अघिल्ला दिनहरूमा विपक्षी दलले यस्तै अवस्थामा अध्यादेश ल्याउँदा आफूहरूले उठाएका प्रश्नहरूको पनि स्मरण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया