धुम्बाराहीमा देउवा पक्षका नेताहरुको भेला, सिटौलादेखि शशांकसम्म सहभागी

लोकपथ
154
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले बोलाएको भेला सुरु भएको छ ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरु उक्त भेलामा सहभागि रहेका छन् ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि त्यसलाई स्वीकार गरेर अघि बढ्ने निर्णय देउवा पक्षले यसअघि नै गरिसकेको छ ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि उक्त पक्षले आफू पक्षीय नेताहरुको भेला गर्दै आइरहेको छ । आज थप रणनीति तयार गर्नका लागि नेताहरुको बैठक बसेको हो ।

बैठकमा खड्कासहित कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला, विजयकुमार गच्छादार, एनपी साउद, डा. प्रकाशशरण महत, उमाकान्त चौधरी र सुजाता कोइराला लगायतका नेताहरु उपस्थित रहेका छन् ।

अहिले धुम्बाराहीको एक होटलमा बैठक जारी रहेको छ ।

निर्वाचन आयोगले गगन नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेसँगै देउवा समूहले भने १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिका आफू पक्षीय नेताहरुसँग छलफल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?