कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

लोकपथ
147
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् । बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने तय भएको छ ।

उक्त बैठकमा समूहका शीर्ष नेताहरु, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु, विभिन्न जिल्लाका सभापतिहरु तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।

यसअघि ६ वैशाखमा सोही स्थानमा बसेको बैठकले ‘पर्ख र हेर’ को रणनीति अपनाउने निष्कर्ष निकालेको थियो । तर पछिल्ला राजनीतिक घटनाक्रमले खड्का समूहभित्र थप छलफल र रणनीति निर्माणको आवश्यकता देखिएको छ ।

विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा पार्टी पुनर्गठन भएपछि खड्का असन्तुष्ट देखिएका छन् । उनले उक्त विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सर्वोच्च अदालतले रिट खारेज गर्दै थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता प्रदान गरेपछि पनि खड्काले आफ्नो समूहसँग निरन्तर छलफल जारी राखेका छन् ।

आजको बैठकले आगामी रणनीति, पार्टीभित्रको भूमिका र भविष्यका कदमबारे महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?