काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आज औपचारिक रूपमा टुंगिएको छ ।
पार्टीका सभापति गगनकुमार थापाकाअनुसार लामो कसरत र संवादपछि सांसद भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय भएको हो ।
नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नामलाई सर्वसम्मत रूपमा प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावलाई पार्टीका सबै नेताहरूले सम्मानका साथ स्वीकार गरेको सभापति थापाले जानकारी दिए ।
नेतृत्व चयनमा ढिलाइ भएको विषयमा स्पष्टीकरण दिँदै थापाले यसलाई ‘लाचारी’ नभई ‘परिपक्वता’ को संज्ञा दिए ।
आङदेम्बेलाई नेता चयन गर्ने प्रक्रियामा अर्का वरिष्ठ नेता अर्जुननरसिंह केसी र अन्य आकांक्षी सांसदहरूले पनि सहमति जनाएका छन् । विशेष गरी युवा पुस्ताका सांसदहरूले पार्टीको राष्ट्रिय आवश्यकतालाई बुझेर सर्वसम्मत नेतृत्वका लागि आफूहरू त्याग गर्न तयार रहेको बताएका थिए ।
उनले भने, हाम्रो पार्टीमा प्रतिष्पर्धा हुनु स्वभाविक हो, तर यस पटक धेरै जसो सांसदहरूको चाहना सर्वसम्मत नेतृत्व चयन होस् भन्ने थियो । पार्टीभित्र प्रतिष्पर्धा गराउन सजिलो छ, तर सर्वसम्मत गराउन धेरै गाह्रो छ । तपाईंहरूले बाहिर ढिलो भयो भनिरहँदा हामी भित्र निर्णयलाई परिपक्व बनाउँदै थियौँ । यो ढिलाइ अल्छी गरेर वा लाचार भएर भएको होइन । सबै पक्षसँग संवाद र छलफल गर्नुपर्ने भएकाले केही समय लागेको हो ।’
आङदेम्बेको नेतृत्वले पार्टीको मूल आदर्श र अहिलेको राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्ने विश्वास सभापति थापाले व्यक्त गरे ।
उनले नयाँ र पुराना सबै सांसदहरूलाई एकतावद्ध बनाएर लैजान उी सक्षम हुनेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया