मुलुक तानाशाहीतर्फ उन्मुख, अधिकार खोसेर जनता कमजोर बनाइयो : महन्थ ठाकुर

लोकपथ
14
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै मुलुक फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको आशंका व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आशंका व्यत्त गरेका हुन् । जनसंख्याको आधारमा अथवा राजश्वको अनुपातमा केन्द्रबाट क्षेत्रले पाउनुपर्ने बजेट थोरै भएको भन्दै ठाकुरले चिन्ता समेत व्यक्त गरे ।

प्रजातन्त्र आउनुभन्दा पहिले पनि केही मात्रामा स्वतन्त्रताको अनुभूति हुन थलोका रूपमा चिनिने ट्रेड युनियन, स्कुल–कलेजहरू र अदालतको कम्पाउण्डलाई अहिले ब्यान गरिएकोमा उनले आपत्ति जनाए । जनताको अधिकार खोसिँदा राष्ट्र नै कमजोर हुने उनको तर्क छ । इतिहास नष्ट गरेर कुनैपनि पुस्ता अगाडि बढ्न नसक्ने उनको जिकिर छ ।

मधेसको समस्या काठमाडौं आउनु पर्दैन भन्ने प्रधानमन्त्रीको आश्वासनका बावजुद अहिले मधेसमा फेरि आवाज उठ्न थालेको बताउदै प्रधानमन्त्री र मन्त्रीहरू भेट्न समय नपाउने गरी व्यस्त देखिएको तर जनताको समस्या समाधानमा गम्भीर नभएको उनको आरोप छ ।

उनले बजेट विनियोजनको तरिकामा सुधार हुनुपर्ने र क्षेत्र विकासको बजेट पुनः सुचारु हुनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?