काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले तीन तहको सरकारबीच अधिकार बाँडफाँड हुन नसक्दा संघीयता बद्नाम हुँदै गएको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले यस्तो बताएका हुन् ।
तीन तहको अधिकार स्पष्ट बनाई संघीयताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । संघीयता खर्चिलो, महँगो र अव्यवहारिक नभई उचित व्यवस्थापनमा ध्यान दिन नसकिएको उनको बुझाई छ । चालिसेले एउटा चिकित्सक वा डाक्टर खराब हुनसक्ने भएपनि चिकित्सा विज्ञान आफैँमा खराब नहुने उदाहरण दिँदै केही कमजोरीका आधारमा संघीय व्यवस्थामाथि प्रश्न उठाउनु उचित नहुने बताए । उनले केन्द्रीय सरकार र स्थानीय सरकारबीच शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवामा अधिकारको ओभरल्याप रहेको बताए ।
उनले भने, ‘कतिपयले संघीयताको बदनाम गर्ने गरेका छन् । संघीयता खर्चिलो पनि होइन महंगो पनि होइन । र यो अव्यवहारिक पनि होइन । सञ्चालन गर्न नजान्ने, अधिकार नदिने, त्यसलाई दरिलो र व्यवस्थित नगर्ने आरोपित मात्र गर्ने कुरा न्यायोचित हुदैन । एउटा चिकित्सक र एउटा डाक्टर खराब हुनसक्छ । तर चिकित्सा विज्ञान आफैंमा खराब होइन । यस्तो किसिमको परिभाषाले हामीले लोकतन्त्रको हातखुट्टाहरुलाई हामीले कमजोर गराउँदैछौँ । हामीले स्थानीय तहका समस्या के हुन भन्ने कुरामा ध्यान दिन सकेनौँ । लोकतन्त्र आएको यति धेरै समय भइसक्यो । संघीयताका सन्दर्भमा केन्द्रीय सरकार र स्थानीय सरकारका अधिकारका क्षेत्रमा ओभरल्याप छ कि छैन रु शिक्षा, स्वास्थ्य लगायतका आधारभूत कुरा व्यवस्थापन गर्ने अधिकार अधिकांश विकसित मुलुकमा स्थानीय सरकारलाई सुम्पिएको छ । हामीसँग त्यस्तो छैन, अधिकारको स्पष्टता छैन । संघले पठाउने कर्मचारीलाई स्थानीय जनप्रतिनिधिले टेर्दैनन् । हामीले अहिलेसम्म स्थानीय तहलाई कर्मचारी नियुक्त गर्न दिने अधिकार किन रोकेका छौँ ।’
उनले संघबाट पठाइने कर्मचारीलाई स्थानीय जनप्रतिनिधिले प्रभावकारी रूपमा परिचालन गर्न नसक्ने अवस्था रहेको भन्दै स्थानीय तहलाई कर्मचारी नियुक्तिको अधिकार दिन ढिलाइ गर्न नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया