तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउनु वर्तमान समयको प्रमुख आवश्यकता भएको बताएका छन् ।
नेपाली कांग्रेस तनहुँले हिजो आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले यसको विकल्प नरहेको स्पष्ट पारे ।
महामन्त्री पौडेलले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई थप मजबुत बनाउन संगठन सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै सबै तहका नेता तथा कार्यकर्तालाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे ।
उनले पार्टीभित्र सहकार्य, समन्वय र आपसी विश्वास मजबुत बनाउँदा मात्रै कांग्रेसलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने बताए ।
त्यसैगरी, उनले कांग्रेसले सञ्चालन गरिरहेको ‘जरा अभियान’ ले संगठनलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया