अपेक्षा र उपलब्धिबिचको दूरी घटाउन लोकतन्त्र सुदृढ बनाउनुपर्छ : गगन थापा

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रको विकल्प अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै भएको बताएका छन् ।

लोकतन्त्र दिवस का अवसरमा शुभकामना व्यक्त गर्दै उनले वर्तमान यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन लोकतन्त्रलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेकोमा जोड दिएका हुन् ।

सभापति थापाले जनअधिकार र लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक संघर्षबाट प्राप्त
उपलब्धिहरूलाई इतिहासमा मात्र सीमित नराखी जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनुपर्ने उल्लेख गरेका छन् ।

उनले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको प्रमुख आवश्यकता भएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?