काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला छापावाल सुनको मूल्य २ लाख ९८ हजार ७ सय रहेको थियो । आज सुनको मूल्य तोलामा २ हजार २ सयले गिरावट आइ २ लाख ९६ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले गिरावट आएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो । आज मूल्यमा गिरावट आइ ४ हजार ९ सय ४५ कायम भइ कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया