राष्ट्रपतिले स्थगित गरे संसदको दुवै सदनको अधिवेशन

लोकपथ
791
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन विशेष कारण देखाउँदै स्थगित गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार आगामी वैशाख १७ गतेका लागि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन स्थगित गर्न सिफारिस गरेको थियो । सोही आधारमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले बोलाइएको अधिवेशन स्थगित गरेका हुन् ।

आगामी वैशाख १७ गते अपरान्ह २ बजेका लागि राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका थिए ।

‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०१–०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४ः०० बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्‍वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०१–१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्‍वान हाललाई स्थगित गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?