संविधान संशोधन कार्यदलको बैठक बस्दै

लोकपथ
35
Shares

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको दोस्रो बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा विभिन्न राजनीतिक दलहरूले पेश गरेका लिखित धारणा, पहिचान भइसकेका संविधान संशोधनका प्रमुख मुद्दाहरू तथा कार्यदलको आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?