श्रम संस्कृति पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा 

लोकपथ
63
Shares

काठमाडौं । श्रम संस्कृति पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ । 

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२ लाई आज लिखित सुझाव दिने क्रममा सो पार्टीले आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभ्याएको हो । 

पार्टी अध्यक्ष हर्क साम्पाङले सार्वजनिक गरेको सुझाव पत्रमा सुझावका विभिन्न ९ बुँदाहरू उल्लेख छन् । 

जसमा कार्यकारी राष्ट्रपतिले नै पायकका व्यक्तिलाई चुनेर मन्त्रिपरिषद् गठन गर्ने र मन्त्रिपरिषद् चुन्दा समावेशीका आधारमा गर्नुपर्ने उल्लेख छ । 

यस्तै, सो पार्टीले व्यवस्थापिकातर्फ पाँच बुँदे सुझाव दिएको छ । जसमा कार्यकारी प्रमुखका सीमा निर्धारण गर्ने, निरंकुशताको व्याख्या गर्ने, कार्यकारी प्रमुख निरंकुश बने महाअभियोग लगाउने र संसदमा महाअभियोग पास भए कार्यकारी प्रमुख पदमुक्त हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ । 

श्रम संस्कृति पार्टीले आफूलाई पूर्ण समावेशी राज्य प्रणालीलाई अघि सारेको छ । सबै जातजातिका नागरिकलाई राज्यका सबै अंगहरुमा सहभागी गराउने, राजनीतिक पद तथा सेना, प्रहरीलगायत सबै कर्मचारी संयन्त्रमा सहभागी गराउने व्यवस्था मिलाउन सो पार्टीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?