मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन सफल बनाउन सबै पक्षलाई साथ लिएर अघि बढ्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन सफल बनाउन आफू निरन्तर नेताहरूसँग संवादमा रहेको बताए ।
थापाले संघीय संसद्मा नेपाली कांग्रेस प्रतिपक्षमा रहे पनि सातै प्रदेश र स्थानीय तहमा अग्रस्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गरे ।
उनले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार वर्तमान सरकारलाई सुशासन कायम गर्न, संविधान कार्यान्वयन गर्न र जनतासँग सम्बन्धित विषयमा आवश्यक सहयोग गरिने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया