काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज नेकपा एमालेले विभिन्न कार्यक्रम गरी मनाउँदैछ । अन्य वामपन्थी शक्तिहरुले समेत विविध कार्यक्रम गरी कम्युनिष्ट पार्टीको स्थापनाको ७७ वर्षलाई स्मरण गर्दैछन् ।
पार्टी कार्यालय च्यासलमा एक विशेष कार्यक्रम नै आयोजना गरेर एमाले कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउँदैछ । तर एमालेको प्रचार सामग्रीमा ओलीको तस्बिर हटाइएको छ ।
यसअघि एमालेले आयोजना गर्ने जुनसुकै कार्यक्रममा ओलीको तस्बिरलाई प्राथमिकता दिइने गरिएको थियो । तर जेनजी आन्दोलनपछि नै हरेक प्रचारमा ओलीको तस्बिरलाई प्राथमिकता दिन कम गरिएको हो ।
एमालेका नेताहरुबिच ओलीको तस्बिर सामाजिक सञ्जालमा राख्ने वा नराख्ने भन्नेमा विवाद देखिएको छ ।
एमाले सचिव महेश बस्नेतले ओलीसहितको तस्बिर भएको पोस्टर सामाजिक सञ्जालमा राख्दै कम्युनिष्ट पार्टी स्थापनाको ७७ वर्षको अवसरमा शुभकामना दिएका छन् ।

यता एमालेभित्र ओलीका खास मानिने अर्का नेता सूर्य थापाले पनि ओलीकै तस्बिर अंकित पोस्टरलाई प्राथमिकता दिएका छन् ।
तर ओलीका खास विश्वासिला पात्र विष्णु रिमालले भने ओली बिनाको प्रचार सामग्री सामाजिक सञ्जालमा राखेका छन् ।

त्यसो त भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नै प्रचार सामग्रीमा ओलीको तस्बिर राख्न छाडिएको छ । फागुन २१ को निर्वाचनमा समेत कुनै पनि उम्मेदवारले प्रचार सामग्रीमा ओलीको तस्बिर राखेनन् ।
आज दिउँसो २ बजेका लागि एमालेले कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया