सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे

लोकपथ
15.4k
Shares

काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्यागको घोषणा गरेका छन् ।

तत्कालीन माओवादी केन्द्रले विभिन्न वामपन्थी शक्तिहरुसँग एकता गर्ने भएसँगै जनार्दन शर्माको नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो ।

तर निर्वाचनमा एक सिट पनि ल्याउन नसकेपछि धमाधम नेताहरुले प्रलोपा छाडिरहेका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता किरातीले सामाजिक सञ्जालमा लेख्दै आफूले प्रलोपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको बताए ।

‘प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन् :

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु

यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।
साथै, जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु । मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु ।
धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?