काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णयहरु गरेको छ ।
मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले त्यसबारे जानकारी दिए । उनका अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । उक्त समितिमा थर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन् ।
यी हुन् मन्त्रिपरिषद् बैठकमा निर्णयहरु :
– धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन
– नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति
– प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति
– मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति
– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) साथै रोशनबहादुर शाक्य ९ललितपुर० लाई नियुक्ति र मनोनयन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया