हर्कले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा

लोकपथ
896
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन् ।

गृहमन्त्री गुरुङ विभिन्न विवादमा मुछिँदै गएको सन्दर्भमा आज सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष राईले पदबाट अलग हुँदा उपयुक्त हुने प्रतिक्रिया दिएका हुन् ।

उनका अनुसार गृहमन्त्रीसँग सम्बन्धित नयाँ–नयाँ विवादका विषयहरू बारम्बार बाहिर आइरहँदा त्यसले सरकारको छवि प्रभावित बनाएको छ। यस्तो अवस्थामा मार्ग प्रशस्त गर्नु नै उपयुक्त विकल्प हुने उनको भनाइ थियो ।

अध्यक्ष राईले गृहमन्त्रीबारे पटक–पटक प्रश्न उठिरहनु राम्रो संकेत नभएको उल्लेख गर्दै भने, ‘विषयवस्तु ठूलो नहुन सक्छ, तर प्रश्न उठिरहेकै छ। पटक–पटक नयाँ कुरा सुनिनु राम्रो होइन। उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने मेरो सुझाव हो ।

यससँगै उनले सरकारलाई सुशासन कायम गर्नतर्फ केन्द्रित हुन पनि सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?