काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुका लागि तोकिएको लेबी घटाएको छ ।
यसअघि रास्वपा संसदीय दलको बैठकले सांसदहरुका लागि मासिक १६ हजार ५ सय लेबी तोकेको थियो । आज बसेको केन्द्रीय समिति बैठकले त्यसलाई घटाएर मासिक १५ हजार बनाउने निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले लेबी परिमार्जन गर्ने निर्णय गरेको थियो । त्यसलाई आजको बैठकले अनुमोदन गरेको हो । यता मन्त्रीको हकमा १८ हजार र मन्त्रीका स्वकीयका हकमा २ हजार तोकेको थियो । त्यसलाई भने यथावत नै राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया