रास्वपाको संघीय नेतृत्व मञ्च र सल्लाहकार परिषद्मा को-को थपिए ?

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सल्लाहकार परिषद् र संघीय नेतृत्व मञ्चमा केही सदस्य थप गर्ने निर्णय गरेको छ ।

केही समयअघि नेता व्यवस्थापनका लागि गठन गरिएको दुवै संगठनमा आज बसेको केन्द्रीय समिति बैठकले सदस्य थप गर्ने निर्णय गरेको हो ।

अहिले पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा रास्वपा केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकले तुलसी प्रसाद चौधरी (सप्तरी), रामसिंह थारू (बर्दिया), जीवन धामी (मोरङ), प्रेमा चौधरी (कैलाली), नवराज राना (कञ्चनपुर) र एकराज चौधरी (दाङ) लाई संघीय नेतृत्व मञ्चको सदस्यमा थप गरेको छ ।

त्यस्तै केन्द्रीय सल्लाहकार परिषद्मा समेत केही सदस्यहरु मनोनीत भएका छन् ।

रास्वपा प्रवक्ता झाका अनुसार केन्द्रीय सल्लाहकार परिषद्मा जीवन प्रभा लामा (काभ्रे), मोतीप्रसाद पंगाली, (नवलपरासी पुर्व), हरिप्रसाद पाण्डे (भक्तपुर) र बिष्णुहरी शर्मा (कपिलवस्तु) लाई जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?