प्रदेशको प्रभावकारिता र सुशासन सुदृढीकरणमा लाग्न मुख्यमन्त्रीहरुलाई कांग्रेसको निर्देशन

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकारको प्रभावकारिता र सुशासन सुदृढीकरणका विषयमा प्रदेशका मुख्यमन्त्री एवं सभापतिहरुसँग गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकमा प्रदेश सरकारलाई जनसेवामुखी कसरी बनाउने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।

उनकाअनुसार छलफलमा प्रदेश सरकारको प्रभावकारिता, जनअपेक्षा सम्बोधन र सुशासनको सुदृढिकरणको विषयमा छलफल भएको हो । उनले अगामी आर्थिक वर्षको बजेट निर्माण, प्रदेश तहबाट जनसमस्याको समाधान र सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा केन्द्रित हुन मुख्यमन्त्री एवं प्रदेश सभापतिहरुलाई निर्देशन दिइएको छ ।

उनले भने, ‘प्रदेशका मुख्यमन्त्रीहरु र पार्टीका प्रदेश सभापतिज्यूहरु र पार्टीको कार्यसम्पदान समितिबिच छलफल भयो । प्रदेशहरुको औचित्य कसरी पुष्टि गर्न सकिन्छ रु प्रदेश सरकारको औचित्य पुष्टि गर्ने आधार, जनताको अवस्था परिवर्तन गर्न जनताको अपेक्षाहरुको सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विषयमा नै हाम्रो छलफल भयो । र प्रदेशमा पार्टीको नेतृत्व गरिरहनुभएको साथिहरुले प्रदेशले अगामी बजेट निर्माण कसरी गर्ने ? जनताको समस्याको हल गर्न कसरी प्रदेशहरुलाई प्रश्तुत गर्ने यी विषयहरुमा हामीले सघनतापूर्वक छलफल गरेका छौँ । प्रदेश सरकारलाई जनसेवामा केन्द्रित हुने कुरामा नै छलफल केन्द्रित रह्यो ।’

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र विकास र सुशासनका विषयमा छलफल भएको बताए । उनले प्रदेशमा मन्त्रालयहरूको संख्या घटाउन पार्टीले काम गरिरहेको र सोहीअनुसार अगाडि बढ्ने सहमति भएको पनि बताए ।

उनले भने, ‘प्रदेशको समग्र विकास र सुशासनका विषयमा छलफल भयो । प्रदेशका मन्त्रालयहरु घटाउने विषयमा पनि छलफल भयो । आवश्यक मन्त्रालयहरु राख्नुपर्छ । अहिले हामीले गठबन्धनको सरकार बनाएका छौँ पार्टीले त्यसमा गृहकार्य गरेपछि हामी पनि त्यसमा सल्लाह गर्छौँ । र सकभर सुशासन कायम गर्नतिर हामी उद्धत हुनेछौँ । पार्टीभित्रको विवादको सम्बन्धमा सर्वोच्चको फैसलाअनुसार अगाडि बढ्नुपर्छ ।’

पार्टीभित्रको विवादका सन्दर्भमा सर्वोच्च अदालत को फैसलाअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?