काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । वैशाख २ गते बसेको अनुशासन समितिको बैठकले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सात दिनको अल्टिमेटम दिइएको भए पनि उनले स्पष्टीकरण बुझाए वा बुझाएन् भन्ने खुलेको छैन ।
यता सर्वोच्च अदालतले शुक्रबार आधिकारिकता विवादसम्बन्धी निर्णय गरेसँगै खड्काको नेतृत्वमा देउवा समूहको बैठक चलिरहेको छ ।
यसैबिच कांग्रेसले बैठक आह्वान गरेको हो ।
बैठक भोलि दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया