विज्ञहरुले कसरी लिएका छन् हर्क साम्पाङको श्रम संस्कृति अभियानलाई ?

लोकपथ
126
Shares

काठमाडौं । प्राज्ञहरुले हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीको गतिविधि राम्रो भएको टिप्पणी गरेका छन् ।

आईतबार ललितपुरमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै प्रा.डा राजाराम सुवेदी, प्रा.डा. विश्वनाथ भण्डारीलगायतका विषय विज्ञहरुले श्रमदान गरेर देश बनाउने सो पार्टीको नीति सही भएको उल्लेख गर्दै त्यसलाई अझै परिमार्जन गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भ्रष्ट हुनबाट बचेर सो पार्टीले आफ्नो गतिविधिलाई अघि बढाउनुपर्ने स्पष्ट समेत पारे ।

त्यसैगरी देश भनाई र गराईको विभेदले तहसनहसको अवस्थामा पुगेको उल्लेख गर्दै प्रा.डा. भण्डारीले श्रम संस्कृति पार्टीले त्यस्तो अवस्थाबाट मुलुकलाई जोगाउन सक्ने सुरुवाती दिनका गतिविधिहरुले देखाएको दाबी गरे ।

उनले श्रम गरेर मुलुकलाई निर्माण गर्ने सो पार्टीको नीति र कार्यक्रम सही भएकाले त्यसमा बौद्धिक समुदायले पनि सहयोग गर्नुपर्ने बताए ।

प्रा.डा. भण्डारीले श्रम संस्कृतिलाई अघि बढाउने काम गरेकाले नै सो पार्टीलाई जनताले राष्ट्रिय दलको मान्यता दिएको स्पष्ट समेत पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?