अदालतको आदेशपछि रणनीति बनाउँदै देउवा पक्ष, खड्काको नेतृत्वमा बैठक

लोकपथ
133
Shares

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रक्षात्मक अवस्थामा देखिएको कांग्रेसको शेरबहादुर देउवा पक्षका नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।

आइतबार १४औँ महाधिवेशनबाट निर्वाचित केही पदाधिकारीसहित केन्द्रीय सदस्यहरु छलफलमा जुटेका हुन् । अहिले धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा नेताहरुको बैठक बसिरहेको छ ।

कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक बसिरहेको छ । छलफलमा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, मीन विश्वकर्मा, रामहरि खतिवडा लगायतका नेताहरु सहभागि रहेका छन् ।

त्यसो त शनिबार खड्काले आफ्नो निवासमा देउवा पक्षका नेताहरुलाई बोलाएर छलफल गरेका थिए । बैठकमा सहभागि अधिकांश नेताहरुले पार्टीलाई एक बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस अघि बढेसँगै देउवा पक्षले सर्वोच्च अदालतमा दिएको रिट शुक्रबार टुंगो लागेको छ । विशेष महाधिवेशनपछि आधिकारिकता विवादमा रुमल्लिएको कांग्रेस शुक्रबार सर्वोच्चको आदेशसँगै देउवा पक्ष नयाँ रणनीति बनाउने पक्षमा देखिएको छ ।

तर आजको बैठकमा निरन्तर सहकार्यमा रहेको कोइराला पक्ष भने सहभागि छैन । विशेष महाधिवेशन पक्षधर गगन समूह र नियमित महाधिवेशन पक्षधर देउवा समूहलाई मिलाउने सूत्राधारका रुपमा रहेका शेखर कोइराला छुट्टै भेलामा रहेका छन् । त्यसो त लामो समयदेखि देउवा कित्तामा रहेका डा. शशांक कोइराला समेत आजको बैठकमा अनुपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?