रास्वपाले भोलिका लागि बोलायो केन्द्रीय समिति बैठक

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

वैशाख ७ गते सोमबार (भोलि) का लागि रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनमा केन्द्रीय समिति बैठक बोलाइएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?