काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । सभापति रवि लामिछानेले दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।
पार्टीको सांगठनिक विस्तार र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै बैठकका लागि ६ वटा मुख्य एजेन्डा तय गरिएको छ ।
बैठकमा ‘जिल्ला अधिवेशन कार्यविधि २०८३’ माथि विस्तृत छलफल हुने तथा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयमा निर्णय लिने तयारी गरिएको छ ।
यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनलाई सुदृढ बनाउन बैंक खाता सञ्चालन सम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ । पार्टी संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागमा गरिने मनोनयनबारे पनि सचिवालयले निर्णय गर्नेछ ।
रास्वपाले ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’ जस्ता नयाँ अभ्यासलाई यसपटक प्राथमिकतामा राखेको छ ।
यसैगरी, बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग तथा लेवीसम्बन्धी विषयमा समेत छलफल हुने बताइएको छ । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । सभापति रवि लामिछानेले दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।
पार्टीको सांगठनिक विस्तार र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै बैठकका लागि ६ वटा मुख्य एजेन्डा तय गरिएको छ ।
बैठकमा ‘जिल्ला अधिवेशन कार्यविधि २०८३’ माथि विस्तृत छलफल हुने तथा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयमा निर्णय लिने तयारी गरिएको छ ।
यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनलाई सुदृढ बनाउन बैंक खाता सञ्चालन सम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ । पार्टी संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागमा गरिने मनोनयनबारे पनि सचिवालयले निर्णय गर्नेछ ।
रास्वपाले ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’ जस्ता नयाँ अभ्यासलाई यसपटक प्राथमिकतामा राखेको छ ।
यसैगरी, बैठकमा प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग तथा लेवीसम्बन्धी विषयमा समेत छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया