अदालतको निर्णयपछि पूर्णबहादुर खड्काले बोलाए कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको बैठक

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

आज दिउँसो साढे ३ बजे गोल्फुटारस्थित आफ्नै निवासमा निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक राखेको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि आगामी कदमबारे छलफल गर्न उनले बैठक बोलाएका हुन् ।

अदालतको निर्णयपछि उनले बिहानैदेखि निकट नेताहरूसँग छलफल गरिरहेका छन् । छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि सहभागी भएका थिए ।

त्यस्तै, मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायत नेताहरूसँग पनि उनले परामर्श गरेका छन् ।

खड्काले अदालतको निर्णयपछि पार्टीले लिनुपर्ने आगामी दिशाबारे छलफल गरी छिट्टै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?