काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले हालै आएको सर्वोच्च अदालतको फैसला कसैको हार वा जित नभएको बताएका छन् ।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा फैसला गर्दै विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधानिकता दिने निर्णय सुनाएको छ ।
त्यसबारे प्रतिक्रिया दिँदै महामन्त्री पौडेलले उक्त फैसलाले एउटाको जित र अर्कोको हार जस्तो मानसिकता पार्टीभित्र विकसित हुन दिन नहुने बताए । साथै सबैलाई पार्टीको चारतारे झण्डामुनी गोलबद्ध भएर १५औँ महाधिवेशन सम्पन्न गर्न लाग्न आग्रह गरे ।
‘नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला स्वीकार गर्दछौं । यस फैसला कसैका लागि पनि हार वा जीतको विषय हुनु हुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो । अब सबैलाई सुरक्षित आभास हुने गरि सबै पुनः चारतारे झण्डामुनि गोलबद्ध बनेर १५ औं महाधिवेशनमा अघि बढ्ने वातावरण निर्माणका लागि सक्रिय रहन म समस्त नेपाली काङ्ग्रेसका नेता, साथीहरु र शुभेच्छुकमा हार्दिक अपिल गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया