थुनामुक्त भएपछि दिपक खड्काले भने– ‘अन्त्यमा सत्यकै जित भयो’

लोकपथ
196
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काले आफू सत्यको मार्गमा हिँड्ने गरेको बताएका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामुक्त भएपछि पूर्वमन्त्री खड्काले सो कुरा बताएका हुन् ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा गत चैत १५ गते पक्राउ परेका खड्कालाई बिहीबार थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको थियो ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री खड्काले आफू सत्यको पक्षमा अडिग रहने, सत्यलाई आत्मसाथ गर्ने र सत्यकै मार्गमा अघि बढ्ने बताए । साथै आफू अन्याय र शत्रुका विरुद्ध दृढतापूर्वक लड्ने गरेको र अन्ततः विजय प्राप्त गर्ने बताए ।

‘म सत्यमा अडिग रहन्छु, सत्यलाई आत्मसात् गर्छु र सत्यकै मार्गमा अघि बढ्छु। असत्य, अन्याय र शत्रुका विरुद्ध सधैं दृढतापूर्वक लड्छु किनकि सत्य सधैं शक्तिशाली हुन्छ र अन्ततः विजय प्राप्त गर्छ । सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?